दफा १४
वातावरण संरक्षण परिषद् गठन गर्न सक्ने

वातावरण संरक्षण सम्बन्धी विषयमा नेपाल सरकारलाई नीतिगत मार्ग दर्शन र राय सल्लाह दिन तथा विभिन्न निकायहरु बीच समन्वय समेत गर्नको लागि नेपाल सरकारले वातावरण सम्बन्धी विशेषज्ञ तथा राष्ट्रिय स्तरमा मान्यता प्राप्त राजनैतिक दलका व्यक्तिहरुको समेत प्रतिनिधित्व रहने गरी वातावरण संरक्षण परिषदको गठन गर्न सक्नेछ ।